चर्चित म्युजिक एरेन्जर तथा गायक उदयराज पौडेलको स्वरमा ‘काठमाडौं बजार’ बोलको गीत सार्वजनिक भएको छ।
गत शुक्रबार बिस्ट प्रोडक्सन युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो।
दर्जनौँ चर्चित नेपाली गीतमा संगीत संयोजन गरिसकेका उत्कृष्ट म्युजिक एरेन्जर पौडल उत्तिकै कुशल गायक एवम् संगीतकार पनि हुन्।
यसअघि आफ्नै स्वर/संगीतमा उनले ‘चिटिक्क’ बोलको गीत बजारमा ल्याएका थिए। ‘काठमाडौं बजार’ गीतको शब्द सबिन एकतारेले लेखेका हुन्।
सुशान्त गौतमको संगीतमा उदयराजको संगीत संयोजन र गायकी दुवै खुलेको छ। गीतको ध्वनि सम्पादन भने श्यामश्वेत रसाइलीले गरेका हुन्।
भिडियोको छायाँकनबाहेक कथावस्तु लेखन, नृत्य निर्देशन, निर्देशन र सम्पादन समेत सबिन कार्की ‘बिस्ट’ले गरेका हुन्।
भिडियोमा सबिन कार्कीसँगै विपना थापा, सञ्जय कार्की र गीतका गायक उदयराज पौडेलको समेत अभिनय हेर्न सकिन्छ ।
प्रतिक्रिया