नेपाल सुपर लिग(एनएसएल)को खेलाडी अक्सनमा आठ खेलाडीहरु सर्वाधिक महँगो मुल्यमा बिक्रि भएका छन।
नेपाल स्पोर्टस म्यानेजमेन्टले शुक्रबार आयोजना गरेको अक्सनबाट आठ खेलाडीले सर्वाधिक २ लाख मुल्य पाए।
सर्वाधिक महँगो मूल्यमा अनुबन्धित हुने खेलाडीमा सुजल श्रेष्ठ, दीप कार्की, दिनेश राजवंशी, विकास खवास, एरिक विष्ट, तेज तामाङ, सुनिल बल र विशाल सुनुवार रहेका छन् ।
मिडफिल्डर सुजल र गोलकिपर दीपलाई पोखरा थन्डर्स, डिफेन्डर विकास खवास र गोलकिपर विशाल एफसी चितवनमा, तेजलाई काठमाडौं रेजर्स, डिफेन्डर दिनेश धनगढी एफसी र मिडफिल्डर एरिक विष्ट ललितपुर सिटीमा अनुबन्धित भएका छन्।
बैशाख ११ गतेबाट सुरु हुने लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन्।

प्रतिक्रिया