कारोबार


औषधि व्यावसायीलाई नबिल बैंकले सघाउने

औषधि व्यावसायीलाई नबिल बैंकले सघाउने

नेपालखबर
चैत ६, २०७७ शुक्रबार ११:४५,

नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंक र नेपाल औषधि व्यवसायी संघ, काठमाडौंबीच औषधि व्यावसायीहरुलाई सहयोग गर्नेसम्बन्धी सम्झौता भएको छ।

व्यावसायीहरुको आवश्यकता अनुसार बैंकको कर्जा नीतिको अधिनमा रहेर विभिन्न बैंकिङ सेवाहरु प्रदान गरेर औषधि व्यवसायीहरुलाई सहयोग गर्ने सम्झौतामा उल्लेख छ।

सम्झौता पत्रमा नबिल बैंकका एसएमई तथा लघुवित्त प्रमुख निरजकुमार बस्नेत (डनिल) र नेपाल औषधि व्यवसायी संघ, काठमाडौंका अध्यक्ष बद्रीप्रसाद श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सो सम्झौता नेपाल औषधि व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाको आयोजनामा, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला भरको औषधिको थोक व्यवसायीहरुको बृहत भेला कार्यक्रममा भएको हो। सो कार्यक्रममा नेपाल औषधि व्यवसायी संघका प्रमुख भरत भट्टराईको उपस्थिती रहेको थियो।

साझेदारीको बारेमा बोल्दै, नबिल बैंकका एस.एम.ई. तथा लघुवित्त, प्रमुख निरज कुमार बस्नेत (डनिल)ले भने, ‘नबिल बैंक औषधि व्यवसायीहरुलाई वित्तिय पहुँचमा बृद्धि तथा समग्र अर्थतन्त्रको विकास गर्नका लागी विभिन्न बैंकिङ सुविधा र सेवाहरु उपलब्ध गराउन सधैँ अग्रसर रहेको छ। हामी औषधि व्यवसायीहरु र बैंकको दिगो विकासलाई ध्यानमा राख्दै औषधि व्यवसायमा वित्तिय लगानी गर्ने अग्रणी बैंक मध्ये एक हौं। हामीलाई आशा छ कि यो साझेदारीले औषधि व्यवसायीहरुको वित्तिय व्यवस्थापनमा हालको अन्तर पूर्ण गर्न मद्दत पुर्‍याउनेछ। साथै, नबिल बैंकले आपतकालिन सेवाहरुमा संलग्न औषधि व्यवसायीहरुसँग आबद्घ हुन पाएकोमा गौरवान्वित महसुस गर्दछ।’

नबिल बैंकले आफ्नो देशभर ११९ वटा शाखा कार्यलयहरु, १८५ एटीएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देश्मा रहेका एजेन्टको बृहत सन्जाल मार्फत निरन्तर गुनस्तरीय सेवा प्रवाह गरिरहेको छ।

एक उच्च प्रशिक्षित समुह र मजबूत र सुरक्षित बैंकिङ प्रणालीको साथ तीन दशक भन्दा बढीको बैंकिङ अनुभवको साथ, नबिल बैंक ग्राहकहरुलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणको लागि लक्षित छ।

नेपाल औषधि व्यवसायी संघ, सन् १९७३ मा स्थापित औषधि व्यापार पेशामा संलग्न एक गैर नाफामुलक संस्था हो जुन समग्र औषधि व्यापारको सुरक्षाको साथ मूल्य एकरुपता लागू गर्न स्थापना भएको हो।

नबिल बैंक र नेपाल औषधि व्यवसायी संघबीचको सम्झौता मार्फत, नेपाल औषधि व्यवसायी संघको सदस्यता प्राप्त औषधि व्यवसायीहरुको वित्तिय आवश्कता परिपुर्ति गर्न मद्दत गर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad