राजनीति


कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन शुक्रबारदेखि

कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन शुक्रबारदेखि

नेपालखबर
चैत ५, २०७७ बिहिबार १६:९,

‘विषम् परिस्थितिमा न्यायमा पहुँच र समानमाः कानून व्यवसायी महिलाको प्रबिद्धता’ भन्ने नाराका साथ २९ औँ कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन– २०७७ यही चैत ६ र ७ गते हुने भएको छ।

नेपाल बार एसोसिएसन महिला समितिले भर्चुअलरुपमा गर्न लागेको सम्मेलनको उद्घाटन सर्वोच्च अदालतका न्यायाधीश सपना मल्लले उद्घाटन गर्नेछिन्। प्रा डा शशि अधिकारीले कार्यपत्र प्रस्तुत गर्नेछिन्।

यसवर्ष विपद्, युद्ध र महामारीमा महिलामा नै बढी असर पर्ने भएकाले उनीहरुलाई न्यायमा पहुँच पु¥याउने भन्ने विषयमा सम्मेलनमा छलफल हुनेछ।

बारको महिला समितिले प्रत्येक वर्ष महिलालाई न्यायमा पहुँच कसरी पुर्याउने भन्ने विषयमा फरक फरक विषयमा सम्मेलन गर्दै आएको छ। नेपालमा कूल कानून व्यवसायी महिला तीन हजार छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad