ad ad

खेल


सुपर लिग फुटबल : अक्सनका लागि एन्फाले खेलाडीलाई ३ क्याटेगोरीमा बाँड्यो

सुपर लिग फुटबल : अक्सनका लागि एन्फाले खेलाडीलाई ३ क्याटेगोरीमा बाँड्यो

नेपालखबर
चैत ५, २०७७ बिहिबार १२:१,

नेपाल सुपर लिग (एनएसएल)का लागि अखिल नेपाल फुटबल संघ एन्फाले खेलाडीहरुलाई ३ क्याटेगोरीमा विभाजन गरेको छ।

आगामी वैशाख ११ गतेदेखि सुरु हुने लिगका लागि शुक्रबार अक्सन हुँदै छ। भोलि सोल्टी क्राउन प्लाजामा भोलि १ सय ५८ जना खेलाडीमाथि बोली लाग्नेछ।

अक्सनका लागि एन्फाले ३५ जना खेलाडीलाई ए क्याटोगोरीमा राखेको छ। बी श्रेणीमा ६४ र सी श्रेणीमा ५८ जना खेलाडीलाई राखेको छ। हरेक टोली ३ जना राष्ट्रिय खेलाडी राख्न पाउने र मैदानमा २ खेलाडी उतार्न पाइने प्रावधान राखिएको छ।

एउटा टोलीले विदेशी खेलाडी ३ जना लिन पाउने र २ खेलाडी उतार्न पाइने जनाइएको छ। लिगका लागि टोलीहरुले मार्की खेलाडी र प्रशिक्षक सार्वजनिक गर्ने क्रम जारी छ।

धनगढी फुटबल क्लवले राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राईलाई मार्की खेलाडी घोषणा गरेको हो। धनगढीले प्रशिक्षकमा नाइजेरियाली नागरिक तोपे अयोडेजी फुजालाई अनुबन्ध गरेको छ।

यस्तै राष्ट्रिय फुटबल टोली तथा मनाङ मस्र्याङ्दी क्लबका मिडफिल्डर अन्जन विष्ट ललितपुर सिटी फुटबल क्लबको मार्की खेलाडी बनेका छन्। एफसी चितवनले भने राष्ट्रिय टोलीका स्टाइकर भरत खवास र प्रशिक्षकमा मेघराज केसीलाई अनुबन्ध गरेको छ। विराटनगर सिटी एफसीले राष्ट्रिय फुटबल टोली तथा मछिन्द्र क्लवका डिफेन्डर रञ्जित धिमाललाई मार्की खेलाडीमा अनुबन्ध गरेको हो।

काठमाडौ रेजर्सले मार्की खेलाडीमा राष्ट्रिय टोली तथा त्रिभुवन आर्मी फुटबल क्लबका गोलरक्षक विकेश कुथु र प्रशिक्षकमा राष्ट्रिय टोलीका प्रशिक्षक बाल गोपाल महर्जनलाई अनुबन्ध गरेको छ। लक्ष्मी गु्रपको स्वामित्वमा रहेको पोखरा थन्डर्समा राष्ट्रिय फुटबल टोली तथा त्रिभुवन आर्मी फुटबल क्लवका फरवर्ड नवयुग श्रेष्ठ मार्की खेलाडी बनेका छन्। बुटवल लुम्बिीनी एफसीमा विशाल श्रेष्ठ अनुबन्ध भएका छन्।

सुपर लिगमा फ्रेन्चाइज टोलीहरु विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी खेल्नेछन्। एनएसएल वैशाख ११ देखि २५ गते सम्म दशरथ रंगशालामा हुनेछ।

काे कुन क्याटेगाेरीमा?

nsl category1

nsl category2

nsl category3

nsl category4

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .