खेल


बार्सा प्रमुख लापोर्ताले मेस्सीकै अगाडि भनेः हामी उनलाई अन्त जान दिँदैनौं

बार्सा प्रमुख लापोर्ताले मेस्सीकै अगाडि भनेः हामी उनलाई अन्त जान दिँदैनौं

नेपालखबर
चैत ५, २०७७ बिहिबार ७:५६,

यसअघि सन् २००३ देखि २०१० सम्म लापोर्ता बार्साको अध्यक्ष थिए। यतिबेला फेरि दोस्रोपटक उनी नै क्लब प्रमुखमा नियुक्त भएका हुन्।

निर्वाचन अगाडि लापोर्ताले आफू क्लब प्रमुखमा निर्वाचित भए मेस्सीले क्लब नछाड्ने बताएका थिए। उनले मेस्सी र आफ्नो सम्बन्ध निकै सुमधुर भएकाले आफूले जे भन्यो मेस्सीले त्यो मान्ने बताएका थिए।

मेस्सीले यो सिजनको अन्त्यसँगै फ्रि–ट्रान्सफरमा क्लब छाड्न सक्छन्। उनले गत सिजन नै क्लब छाड्ने बताइसकेका पछि छन्।

पूर्व क्लब प्रमुख जोसेप मारिया बार्टेमेउसँगको तिक्ततापूर्ण सम्बन्धका कारण मेस्सीले क्लब छाड्ने मनसाय बनाएका थिए।

तर बार्सिलोनाका समर्थक मेस्सीलाई अन्य क्लबमा जान दिने पक्षमा छैनन्।

Joan Laporta's emotional message to Lionel Messi - Football Espanaलापोर्ता र मेस्सी

‘हामी मेस्सीलाई बार्सामै बस्न आग्रह गर्नेछौं। म माफी चाहन्छु मेस्सी, म मेरो उत्कृष्ट दिनेछु र त्यो मेस्सीलाई थाहा छ।’ बार्साको अध्यक्षमा नियुक्त भएका लापोर्ताले पद सम्हालेसँगै बुधबार मेस्सीकै अगाडि भनेका छन्,‘हामी निश्चय नै मेस्सीलाई क्लब छाड्न दिने छैनौं। उनी इतिहासकै उत्कृष्ट खेलाडी हुन्। बार्सिलोनाले मेस्सीलाई प्रेम गर्दछ।’

लापोर्ताले यो भनिरहँदा मेस्सी मुस्कुराइरहेका थिए। यसरी क्लबका प्रमुखले माफी माग्दै मेस्सीलाई कतै जान नदिने बताइरहँदा मेस्सीले क्लब नछाड्ने अनुमान गरिएको छ। मार्का

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad