नेपालमै पहिलोपटक सुरु हुनलागेको नेपाल सुपर लिग (एनएसएल)मा सहभागी हुने ७ टोलीमध्ये धनगढी फुटबल क्लबले ‘मार्की प्लेयर’मा विशाल राईलाई अनुबन्ध गरेको छ।
सुपर लिग टिमले एक ‘मार्की खेलाडी’ राख्न पाउने प्रावधानअनुसार धनगढीले राष्ट्रिय टिमका मिडफिल्डर विशाल राईलाई आज अनुबन्ध गरेको हो।
टिमको लागि अरु खेलाडी र प्रशिक्षक पनि अनबन्धको प्रक्रिया अगाडि बढिसकेको क्लबले जनाएको छ।
‘उनको अगुवाइमा धनगढी एफसीले सुपर लिगमा उत्कृष्ट प्रदर्शनसंगै राम्रो नतिजा हात पार्नेमा विश्वस्त छौँ’, क्लबले भनेको छ, ‘हामीले धनगढी एफसीलाई सदूरपश्चिम प्रदेशको प्रतिनिधिको रुपमा लिएका छौँ। सुपर लिग हाम्रो सुरुआत हो र यसको एक अंगको रुपमा हामी देशभरके फुटबलप्रमीलाई खुशी बनाउने प्रयास गर्दै आफ्नो क्षेत्रमा फुटबल विकासको आधार पनि तय गर्ने कोसिस गर्नेछौँ।’
धनगढी क्रिकेट लिग (डीसीएल) र धनगढी प्रिमियर लिग (डीपीएल)को सफल आयोजनासँगै नेपाली क्रिकेटलाई व्यावसायिक बाटोमा डोर्याउने आधार तय गरेको बताउँदै क्लबले फ्रेन्चाइज क्रिकेट आयोजनाको सफलतापछि देशकै पहिलो फ्रेन्चाइज फुटबल सुपर लिगको प्रतिस्पर्धामा पनि सफलता हात पार्ने विश्वास लिएको छ।

प्रतिक्रिया