समाज


मिस्टर एण्ड मिस थारुको भोटिङ खुल्ला, चैत १३ मा ग्राण्ड फिनाले

मिस्टर एण्ड मिस थारुको भोटिङ खुल्ला, चैत १३ मा ग्राण्ड फिनाले

नेपालखबर
चैत २, २०७७ सोमबार ११:२३,

तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ का लागि भोटिङ खुल्ला गरिएको छ। प्रतियोगिताको ग्राण्ड फिनाले नजिकिएसगै भोटिङ पनि खुल्ला गरिएको हो।

वाईएसी इभेन्ट्सको सहकार्यमा जह इन्टरटेनमेन्टद्वारा आयोजित यस प्रतियोगितामा मिस्टर थारुतर्फ १५ जना र मिस थारुतर्फ १७ जना अन्तिम प्रतिस्पर्धामा छन्। उनीहरुलाई अहिले काठमाडौंमा प्रशिक्षण गराइरहेको जह इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक सुरेश चौधरीले जानकारी दिए।

प्रशिक्षण चलिरहँदा भोटिङ लाइन पनि खुल्ला गरिएको प्रवन्ध निर्देशक चौधरीले जानकारी दिए। उनका अनुसार खल्ती एपबाट आफूलाई मनपर्ने प्रतिस्पर्धीहरुलाई भोट गर्न सकिन्छ। यस भोटबाट प्रतिस्पर्धीहरुलाई टप ८ सम्म पुरर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने छ। सर्वाधिक भोट ल्याउने प्रतिस्पर्धीले ‘खल्ती पब्लिक च्वाईस अवार्ड’ प्राप्त गर्ने प्रवन्ध निर्देशक चौधरीले जानकारी दिए।

प्रतिस्पर्धीहरुको फागुन १४ गतेदेखि काठमाडौंमा प्रशिक्षण चलिरहेको छ। महिला तथा पुरुष दुवैतर्फका प्रतिस्पर्धीहरुलाई मिस इन्टरनेशनल २०१८ रोनाली अमात्यले योगा सम्बन्धी प्रशिक्षण दिएकी छन् भने मिस इन्टरनेशनल वर्षा लेखीले वातावरण र मिस नेपालको यात्रा बारे अनुभव साटेकी थिइन्।

यस्तै स्वस्तिका राजभण्डारीले मेकअप, प्रिया रानी लामाले कोरियोग्राफी सम्बन्धी प्रशिक्षण दिएकी छन्। सञ्जय काफ्लेले आधूनिक कृषिको बारेमा प्रशिक्षण दिएका थिए। मिस्टर एण्ड मिस थारुकी मेन्टर निश्मा चौधरीले पुरै प्रशिक्षण समय अवधिभर विभिन्न विधामा प्रशिक्षण दिइरहेकी छन्।

प्रशिक्षण अवधिमै यही चैत ७ गते ट्यालेन्ट राउण्ड समेत आयोजना गरिने इभेन्ट डाइरेक्टर रुपेश चौधरीले जानकारी दिए।
प्रतियोगिताको फाइनल चितवनको खैरहनीस्थित डिज्नी पार्क रिसोर्टमा चैत १३ गते हुनेछ। प्रतियोगिताको फाइनललाई भव्य बनाउने गरी तयारी भइरहेको वाइएसी इभेन्टका इभेन्ट म्यानेजर जयस चौधरीले जानकारी दिए।

प्रतियोगिताको विजेताले नगद ५० हजार, फस्ट रनरअपले ३० हजार, सेकेण्ड रनरअपले २० हजार र विभिन्न उपहारहरु प्राप्त गर्ने इभेन्ट म्यानेजर सुदिप चौधरीले जानकारी दिए।

थारु समुदायको उत्थान र कलासंस्कृतिको संरक्षणका लागि थारु युवाहरु सन् २०१७ देखि यस प्रतियोगिताको सुरुवात गरेका हुन्। यस प्रतियोगिताको पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी र मिस थारु जेनिसा चौधरी भएकी थिइन् भने दोस्रो संस्करणको मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad