नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा आफू बलियो बन्ने गरी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई जानकारी नै नदिई एकलौटी निर्णय गर्दै २३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्।
शुक्रबार बसेको ओली पक्षको केन्द्रीय समितिको बैठकले माओवादी केन्द्रमा रहेका २३ जनालाई एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।
तर, सो बैठकमा नेपाल पक्षका कुनै पनि केन्द्रीय सदस्यलाई खबर गरिएको थिएन।
केन्द्रीय समिति, स्थायी समितिमा बहुमत पु¥याउने गरी ओलीले एकलौटी मनोनीत गरेका हुन्।
याे पनि : पूर्व माओवादी केन्द्रका २३ नेता एमाले केन्द्रीय सदस्यमा मनोनित
भेलामा सहभागी एमाले केन्द्रीय सदस्य राजेन्द्र गौतमका अनुसार केन्द्रीय समितिको तयारीको बैठकअन्तर्गत आजको बैठक बसेको हो।
केन्द्रीय सदस्य मनोनीत गरेको बारे माधव नेपाल पक्षले कुनै जानकारी नभएको बताएको छ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपालाई मान्यता नदिएपछि माधव नेपाल पक्ष एमालेमै फर्किएको छ।
Shares

प्रतिक्रिया