ad ad

खेल


पारस खड्काको विस्फोटक ब्याटिङपछि वाग्मतीले आर्मीसामु पेस गर्‍यो २६७ रनको चुनौती

पारस खड्काको विस्फोटक ब्याटिङपछि वाग्मतीले आर्मीसामु पेस गर्‍यो २६७ रनको चुनौती

नेपालखबर
फागुन २७, २०७७ बिहिबार ७:५५,

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा वाग्मती प्रदेशका मुख्य ब्याट्सम्यान पारस खड्काको विस्फोटक ब्याटिङमा वाग्मती प्रदेशले त्रिभुवन आर्मी क्लबसामु २ सय ६७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वाग्मती ४९ दशमलव ४ ओभरमा २ सय ६६ रन जोड्दा अलआउट भयो।

मुख्य ब्याट्सम्यान पारस खड्काले १ सय १९ रनको महत्वपुर्ण योगदान दिए। १ सय ३३ बलको सामना गरेका खडकाले २ छक्का र ११ चौका हाने। उनी सोमपाल कामीको बलमा जितेन्द्र मुखियाबाट क्याच आउट हुन पुगे। पारसले १ सय २२ बलमा शतक पूरा गरेका थिए।

उनले १ सय २२ बलमा ९ चौका र २ छक्का हान्दै शतक पुरा गरे। त्यसअघि पारसले ८० बलमा अर्धशतक पूरा गरेका थिए।

पारसले तेस्रो विकेटका लागि युवा ब्याट्सम्यान ईशान पाण्डेसँग ७३ रनको साझेदारी गर्दै इनिङ सम्हाल्लेका थिए। २२ औं ओभरको अन्तिम बलमा जितेन्द्र मुखियाले ईशानलाई २६ रनमा एलबिडब्लू आउट गरे।

पाँचौं विकेटका लागि पारसले आदिल खानसँग ७६ रनको साझेदारी गरेका थिए। आदिल २१ रनमा पवेलियन फर्के। नन्दन यादव ४२ रनमा नटआउट रहे। उनले २५ बलमा ५ चौका र १ छक्का हाने। अन्य ६ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्।

आर्मीका सोमपाल कामीले आफ्नो स्पेलमा ६५ रन खर्चेर ५ विकेट लिए। विक्रम सोब, जितेन्द्र मुखिया, करण केसी र साहब आलमले एक÷एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .