काठमाडौं मेयर्स कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब ८७ रनमै अलआउट भएको छ।
मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लव ३० दशमलव १ ओभरमा ८७ रन जोड्दा अलआउट भयो।
नेपाल पुलिस क्लबसामु निरीह देखिएको आर्मीका लागि लोकेस बमले जोडेको ३२ रन नै सर्वाधिक रह्यो।
कमजोर ब्याटिङ गरेको आर्मीका लागि विक्रम सोव १४ र रोहित पौडेल १३ ले मात्र दोहोरो अंकको स्कोर छुन सके। अन्य ७ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्। साहब आलम १ रनमा नटआउट रहे।
आर्मीलाई कम स्कोरमा रोक्न नेपाल पुलिस क्लबका सागर ढकाल एक्लैले ५ विकेट झारे।
१० ओभर बलिङ गरेका सागरले २ मेडन राख्दै ४० रन खर्चे। पवन सर्राफले ३ तथा ललित राजवंशीले २ विकेट लिए।
पवनले आफ्नो स्पेलमा ५ मेडन राख्दै मात्र १४ रन खर्चे।

प्रतिक्रिया