खेल


पाकिस्तानमा महिला च्याम्पियनसिप आजबाट, नेपाली खेलाडी सम्मिलित मासा सियालकोटसँग भिड्दै

पाकिस्तानमा महिला च्याम्पियनसिप आजबाट, नेपाली खेलाडी सम्मिलित मासा सियालकोटसँग भिड्दै

नेपालखबर
फागुन २५, २०७७ मंगलबार ६:११,

नेशनल वुमन्स च्याम्यिनसिप फुटबल प्रतियोगिता पाकिस्तानको कराँचीमा आजदेखि सुरु हुँदै छ।

नेपाली राष्ट्रिय महिला खेलाडी सम्मिलित मासा युनाइटेडले सियालकोट सिटीसँग प्रतिस्पर्धा गर्दै च्याम्पियनसिपको सुरुवात गर्दै छ। खेल दिउँसो १ः ४५ बजे सुरु हुनेछ। मासा युनाइटेड समूह ‘बी’मा रहेको छ।

लिगमा चार जना विदेशी खेलाडी मैदान उतार्न पाउने नियमका कारण आजको खेलमा चारै जना नेपाली खेलाडी मैदान उत्रने सम्भावना छ।

लिगमा सहभागी हुन नेपाली गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा, डिफेन्डर गिता राना, मिडफिल्डर सरु लिम्बु र फरवार्ड अनिता केसी शुक्रबार पाकिस्तान गएका थिए।

नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर सावित्रा भण्डारी साम्बा र अनिता बस्नेत पछि विदेशी फुटबलमा ४ खेलाडी सहभागी हुन लागेका हुन्। यसअघि साम्बा र अनिताले माल्दिभ्समा फुटसल लिग र भारतमा महिला लिग खेलिसकेका छन्।

टोलीको कप्तानी एञ्जिालालाई
नेशनल वुमन्स च्याम्यिनसिपमा नेपाली गोलरक्षक एञ्जिाल तुम्बापो सुब्बाले टोलीको कप्तानी सम्हाल्नेछिन्। मासा युनाइटेडले सोमबार एञ्जिलालाई टोलीको नेतृत्व दिने जानकारी दिएको थियो।

एञ्जिालाले सामाजिक सञ्जालमाफर्त भनेकी छिन्, ‘टोलीको कप्तानी मलाई दिने निर्णय भएको छ, टोलीको नेतृत्व गर्न तयार छु, भर्खरै बनेको टोली रहेछ राम्रो नतिजा दिने प्रयास गर्छौँ।’

सरुको जर्सी नम्बर परिवर्तन हुने
यस्तै लिगकै दौडान नेपाली मिडफिल्डर सरु लिम्बुको जर्सी नम्बर परिवर्तन हुने भएको छ। घरेलु तथा राष्ट्रिय टोलीमा २७ नम्बरको जर्सीमा मैदान उत्रिने सरु पाकिस्तानी लिगमा ९ नम्बरको जर्सीमा मैदान उत्रिनेछिन्।

सरुले भनिन्, ‘नेपालमा मैले २७ नम्बरको जर्सीमा खेल्थेँ तर यहाँ २५ नम्बरसम्म मात्र जर्सी प्रिन्ट भइसकेकाले मैले ९ नम्बरको जर्सी लगाउने निर्णय गरेकी हुँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad