राजनीति


रघुजी पन्तविरुद्ध मुद्दा हाल्न अदालत पुगिन् कोमल वली

रघुजी पन्तविरुद्ध मुद्दा हाल्न अदालत पुगिन् कोमल वली

नेपालखबर
फागुन २५, २०७७ मंगलबार ६:३,

राष्ट्रिय सभाकी सांसद कोमल वली साविक नेकपाका नेता रघुजी पन्तविरुद्ध मुद्दा हाल्न आज अदालत पुगेकी छन्।

गालीबेइज्जतीको मुद्दा दिन आफू काठमाडौं जिल्ला अदालत पुगेको वलीले नेपालखबरलाई बताइन्।

पन्त र वली दुवै पुनर्स्थापित एमालेका नेता हुन्।

निवर्तमान नेकपाका स्थायी समित सदस्य पन्तले केही दिनअघि भाषण गर्ने क्रममा लामो समयदेखि पार्टीमा योगदान दिएका नेतृले अवसर नपाएको तर वली पिडुँला देखाउँदै पोइल जान पाम भनेका भरमा सांसद बनेको टिप्पणी गरेका थिए।

जसका कारण नेता पन्तको व्यापक आलोचना भइरहेको थियो। यस क्रममा पन्तले आफू महिलाको सम्मान गर्ने व्यक्ति भएको तर बोल्ने क्रममा जिब्रो चिप्लिएको भनेर सार्वजनिक रूपमा माफी पनि मागेका थिए।

गायिकासमेत रहेकी वलीले आफूले नेता मानेका पन्तले नीच अभिव्यक्ति दिएको गुनासो गर्दै मुद्दा हाल्ने बताएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad