यस खेलमा प्रिमियर लिगको इतिहासमा पहिलो पटक भिडियो एसिस्टेन्ट रेफ्री(भार)को प्रयोग गरिएको थियो। दोस्रो हाफमा मैदानको मध्यभागबाट ग्याब्रिअल जेससले सिटीलाई ३-० को अग्रता दिलाउँदा रहिम स्ट्रर्लिङ अफसाइड भएको भारको प्रयोगबाट पत्ता लागेको थियो।
पछि स्ट्रर्लिङले नै तेस्रो गोल गर्दा पनि सम्भावित अफसाइडको बारेमा जानकारी लिन भारको सहायता लिइएको थियो।
सिटीलाई २५औं ग्याब्रीएल जेससले अग्रता दिलाएका थिए। स्ट्रर्लिङले ५१ औं मिनेटमा दोस्रो गोल थपे। त्यसपछि जेससले गरेको गोललाई भीरले मान्यता दिएन्।
७५ औं मिनेटमा स्ट्रर्लिङले व्यक्तिगत दोस्रो गोल गरे। वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका सर्जियो अगुएरोले ८६ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै सिटीलाई ४-० को अग्रता दिलाए।
यस्तै इन्ज्युरी समयको पहिलो मिनेटमा स्टरलिङले ह्याट्रिक पूरा गर्दै जित पक्का गरेका थिए।
प्रतिक्रिया