खेल


स्थिति उल्टाउँदै सिटीले हरायो ब्राइटनलाई

स्थिति उल्टाउँदै सिटीले हरायो ब्राइटनलाई

नेपालखबर
फागुन २३, २०७७ आइतबार ५:२४,

एक गोलले पछि परेको स्थिति उल्टाउँदै लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा ब्राइटनलाई पराजित गरेको छ।

शनिबार राति ब्राइटनको घरेलु मैदानमा भएको खेलमा सिटीले उसलाई २–१ ले पाखा लगाएको हो।

लेस्टको जितमा केलिची इहानाचो र ड्यानियल अमार्टेले गोल गरे। घरेलु टोली ब्राइटनका इडाम लालनाले एक गोल गरे।

खेलको १०औं मिनेटमा लालनाको गोलबाट ब्राइटनले अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन। ६२औं मिनेटमा केलिची इहानाचोले गोल गर्दै खेललाई बराबरीमा ल्याए। ८७ औं मिनेटमा ड्यानियल अमार्टेले मार्क अल्ब्राइटनको पासमा गोल गर्दै लेस्टरको जित सुनिश्चित गरे।

यो जितसँगै लेस्टर २८ खेलबाट ५३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेड २ अंकले पछि पर्दै तेस्रो स्थानमा झरेको छ। शीर्षस्थानको म्यानचेस्टर सिटीको २७ खेलबाट ६५ अंक छ।

गएराति भएकै अर्को खेलमा आर्सनलले अग्रता जोगाउन नसक्दा घरेलु टोली बर्नलेसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ। आर्सनलका पिएरे इमरिक औवामियाङले गोल गर्दा बर्नलेका क्रिस वुडले बराबरी गोल फर्काए।

साउथहेप्टनले सेफ युनाइटेडलाई २–० ले हराउँदा एस्टाेन भिल्ला र वुभ्सले गोलरहित बराबरी खेले।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .