खेल


नेसनल वुमन्स च्याम्पियनसिप खेल्न ४ खेलाडी शुक्रबार पाकिस्तान जाने

नेसनल वुमन्स च्याम्पियनसिप खेल्न ४ खेलाडी शुक्रबार पाकिस्तान जाने

नेपालखबर
फागुन २०, २०७७ बिहिबार १०:३३,

राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपीएफ क्लवका ४ खेलाडी पाकिस्तानमा हुने नेसनल वुमन्स च्याम्पियनसिप खेल्न शुक्रबार साँझ त्यसतर्फ प्रस्थान गर्ने भएका छन्।

यसअघि आज (बिहीबार) बिहान १०ः३० बजे दुबई हुँदै पाकिस्तान जाने भने भनिएको भए पनि भिसा प्रक्रियामा ढिलाइ हुँदा जान पाएनन्। उनीहरु शुक्रबार साँझ ७ः३० बजे त्यसतर्फ प्रस्थान गर्नेछन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीहरुलाई आजै बिदाई कार्यक्रम राखेको महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए। ‘बिदाइका लागि खेलाडीलाई एन्फामा बोलाएका छौं’, उनले भने।

च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीका मिडफिल्डर सरु लिम्बु, फरवार्ड अनिता केसी, डिफेन्डर गीता राना र गोलक्षक एञ्जिला तुम्बापो सुब्बा मासा युनाइटेड एफसीमा अनुबन्ध भएका हुन्।

मासाले पहिलो पटक नेसनल वुमन्स फुटबल च्याम्पियनसिप खेल्न लागेको हो।

च्याम्पियनसिपमा सहभागी २० टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। नेपाली खेलाडी सम्मिलित मासा युनाइटेड समुह ‘बी’ मा रहेको छ।

प्रतियोगिता मार्च ८ देखि अप्रिल ३ सम्म हुनेछ। च्याम्पियनसिपको विजेताले पाकिस्तानी १० लाख रुपैयाँ पाउनेछन् भने दोस्रो हुनेले ७ लाख ५० हजार र तेस्रोले ५ लाख रुपैयाँ पाउनेछन्।

डेवलभमेन्ट स्टेज विजेतालाई पाकिस्तानी ५० हजार रुपैयाँ दिइनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad