ad ad

खेल


रुपन्देही सुपरलिग : बुद्ध क्रिकेट क्लब सेमिफाइनलमा

रुपन्देही सुपरलिग : बुद्ध क्रिकेट क्लब सेमिफाइनलमा

प्रकाश न्यौपाने
फागुन १७, २०७७ सोमबार ११:४८,

भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको डिभिजन ‘ए’को खेलमा बुद्ध क्रिकेट क्लबले बुटवल–११ लाई ७ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ।

टस जितेर ब्याटिङमा आएको बुद्धले निर्धारित ५० ओभरमा ४७.२ ओभर खेल्दै सबै विकेट गुमाएर १९९ रनको योगफल बनायो।

उसका लागि रिजन प्रजुले ३५, निखिलेश यादवले २९, अमित अग्रहरीले २४ र निखिल यादवले १५ रन बनाए। बलिङमा बुटवल–११ का सुधन श्रेष्ठ र प्रकाश केसीले ३र३, इशान पाण्डेले २ तथा एजाज आलम र तौसिफ आलमले समान १र१ विकेट लिए।

जवाफी ब्याटिङ गरेको बुटवल–११ ले ४४.२ ओभरमा सबै विकेट गुमाउँदै १९२ रन बनायो। उसका लागि सोनु तामाङले ४८, हिमाल पुनले ४३, इशान पाण्डेले २५ र तौसिफ आलमले २१ रन बनाए। बलिङमा बुद्धका अमित अग्रहरीले ३, रुपेश कुर्मी र अजय त्रिपाठीले २-२ तथा विपिन खत्री र रिजन प्रजुले समान १-१ विकेट लिए। अमित अग्रहरी म्यान अफ द म्याच भए।

मंगलबार डिभिजन ‘ए’ का एक्सपर्ट जीआर क्रिकेट क्लब र देवदह क्रिकेट युनिटबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्।

यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, उदयीमान खेलाडी र म्यान अफ द फाइनललाई ५-५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ।

नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .