शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई २–० ले पराजित गर्दा मेस्सी दुवै गोलमा समावेश भए।
पहिलो गोलमा असिस्ट प्रदान गरेका मेस्सीले दोस्रो गोल आफैले गरेका हुन्।
यससँगै बार्सिलोना ला लिगाको अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। बार्सिलोनाले खेलको पहिलो हाफमा नै अग्रता बनाएको थियो। खेलको २९ औं मिनेटमा बार्साका ओउसमान डेम्बेलेले मेस्सीको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
यस्तै खेलको ८५ औं मिनेटमा मेस्सीले गोल गर्दै टोलीको जित सुनिश्चित गरे। लिगमा उनले हालसम्म १९ गोल गरेका छन्। उनी नै हाल ला लिगाका सर्वाधिक गोलकर्ता हुन्।
लिगको शीर्ष स्थानको एट्लेटिको मड्रिडको ५५ अंक हुँदा बार्सिलोनाको ५३ अंक छ। तेस्रो स्थानको रियल मड्रिडको ५२ अंक छ।
त्यस्तै गएराति भएको अन्य खेलमा एइबर र ह्युस्काले एक एक गोलको बराबरी खेले। ओसासुनोले अलाभेसलाई १–० ले हराउँदा गेटाफेले भ्यालेन्सियालाई ३–० ले पराजित गर्यो।
ओसासुना १२ औं स्थानमा उक्लदा गेटाफे १३ औं स्थानमा छ। भ्यालेन्सिया १४ औं स्थानमा झरेको छ।
प्रतिक्रिया