शनिबार राति भएको खेलमा युभेन्टस घरेलु टोली हेलास भेरोनासँग १–१ को बराबरीमा रोकिएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो।
खेलको ४९ औं मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलको सुरुवातमा युभेन्टसले अग्रता बनाएपनि विपक्षी टोलीका एन्टोनिन बराकले ७७ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।
बराबरीसँगै युभेन्टस २३ खेलबाट ४६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा यथावत छ। हेलास भेरोना ३५ अंक जोडेर नवौं स्थानमा रहेको छ।
गएराति नै भएको अर्को खेलमा स्पेजिया पर्मासँग दुई दुई गोलको बराबरीमा रोकियो भने अर्को खेलमा बोलोग्नाले लाजियोलाई २–० ले पराजित गर्यो।
प्रतिक्रिया