फरवर्ड अलिभिएर जिरुडको निर्णायक गोलमा इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिगअन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा एट्लेटिको मड्रिडलाई १–० ले पराजित गरेको छ।
गएराति भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
खेलको ६८ औं मिनेटमा जिरुडले गरेको गोल नै चेल्सीका लागि निर्णायक बन्यो। ओभरहेड किकमा गरेको गरेको गोललाई रेफ्रीले सुरुवातमा अफसाइड भन्दै मान्यता दिएका थिएनन्। तर भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा गोल मान्य भएको थियो।
कोरोना संक्रमणका कारण खेल स्पेनबाट रोमानियामा सारिएको थियो। चेल्सीले अब अर्को खेल घरेलु मैदानमा खेल्नेछ।
3
Shares
प्रतिक्रिया