यूईएफए च्याम्पियन्स लिगअन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा लाजियो आफ्नै मैदानमा बायर्नसँग पराजित भएको छ। बार्यनले लाजियोलाई ४–१ को फराकिलो अन्तरले हराएको हो।
खेलमा दोस्रो गोल गरेका जमाल मुसिया बार्यन तथा इल्यान्डबाट गोल गर्ने कान्छा खेलाडी बने। १७ वर्षीय मुसियाले खेलको २४औं मिनेटमा लिओन गोरेट्जकाको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए।
त्यसअघि खेलको नवौं मिनेटमा रोबर्टो लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए। लेवान्डोस्कीले च्याम्पियन्स लिग करिअरको ७२औं गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडी सुचिमा रियल म्याड्रिडका लेजेन्ड राउललाई पनि उछिनेका छन्। उनी समग्रमा क्रिस्टियानो रोनाल्डो (१३४) र लिओनेल मेस्सी (११९) पछि तेस्रो स्थानमा छन्।
खेलको ४२औं मिनेटमा लेरोय सानेले गोल गर्दै अग्रता फरािकलो पारे। दोस्रो हाफको ४७औं मिनेटमा सानेकै प्रहार डिफेन्डर फ्रान्सेस्को अचेरबीलाई लाग्दै आत्मघाती गोल भएपछि बार्यले अग्रता फराकिलो पारेको थियो। एन्जल कोर्रियाले ४९औं मिनेटमा सान्त्वना गोल फर्काए। खेलको दोस्रो लेग अब १७ मार्चमा हुनेछ।
Shares
प्रतिक्रिया