खेल


आइपीएलमा कसैले किनेनन् सन्दीपलाई

आइपीएलमा कसैले किनेनन् सन्दीपलाई

नेपालखबर
फागुन ६, २०७७ बिहिबार ९:४७,

नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई इण्डियन प्रिमियर लिग (आइपीएल)मा कुनैपनि क्लबले अनुबन्ध गरेनन्।

बिहीबार चेन्नाईमा जारी अक्सनको पहिलो चरणमा सन्दीपलाई कुनैपनि क्लबले भाउ लगाएनन्।

यसअघि तीन सिजन सन्दीपले आइपीएल दिल्ली क्यापिटल्सबाट खेलेका थिए।

यस सिजन भने दिल्लीले सन्दीपलाई रिलिज गरेको थियो।

सन्दीपले यस सिजन आफ्नो आधारमुल्य ४० लाख भारतीय रुपैयाँ तोकेका थिए।

यसअघि उनले प्रत्येक सिजनमा दिल्लीबाट २० लाख भारतीय रुपैयाँ पारिश्रमिक पाउँदै आएका थिए।

सन्दीपले दिल्लीबाट तीन सिजन खेल्दै ९ खेलमा १३ विकेट लिएका थिए।

२०१८ मा ३ खेलमा मौका पाएका सन्दीपले ५ विकेट लिएका थिए। 

२०१९ मा ६ खेल खेलेका उनले ८ विकेट लिएका थिए।

अघिल्लो सिजनभने दिल्लीलाई सन्दीपले कुनै मौका दिएन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad