कारोबार


२५ अंकले चढ्यो सूचक, पौने ९ अर्बको सेयर खरिदबिक्री

२५ अंकले चढ्यो सूचक, पौने ९ अर्बको सेयर खरिदबिक्री

नेपालखबर
फागुन ६, २०७७ बिहिबार ९:३५,

बजार परिसूचक नेप्से आज २५.२३ अंकले र क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक ६.७७ अंकले बढेको छ।

२०६ कम्पनी सामेल कारोबारमा आज १ करोड ९६ लाख कित्ता सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ।

दिनभरिमा ९० हजार २०२ पटक भएको खरिदबिक्रीमा ८ अर्ब ७६ करोड २१ लाख रुपैयाँको कारोबार भएको हो।

आज १२ मध्ये निर्जीवन बीमा, माइक्रोफाइनान्स र जीवन बीमाको कारोबार सूचक ओरालो लागे पनि बाँकी ९ समूहको सूचक चढेका छन्।

आज एनआईसी एसिया बैंकको सर्वाधिक कारोबार भएको छ। प्रतिकित्ता सेयर मूल्य ९ सय ६३ रुपैयाँ अन्तिम मूल्य रहेको बैंकको ५६ करोडको सेयर किनबेच भएको नेप्सेले जनाएको छ।

दोस्रो ठूलो कारोबार भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को भयो। केही दिनअघि मात्रै सेयरबजारमा प्रवेश गरेको बैंकको ५० करोडको सेयर किनबेच भएको हो। यसपछि सिभिल बैंकको २८ करोडको, ग्लोबल आईएमईको २६ करोडको, नबिल बैंकको २६ करोडको, नेपाल टेलिकमको २५ करोडको कारोबार भएको छ।

कमाउने लगानीकर्ता भने नेपाल हाइड्रो डेभलपर्स लिमिटेडका रहेका छन्। उक्त कम्पनीको सेयर प्रतिकित्ता २५ रुपैयाँले बढेको हो। यसपछि कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि ९.९४ प्रतिशत आम्दानी गरे। यसबाहेक एभरेष्ट बैंक कन.प्रेफ.को सेयर ९.९४ प्रतिशतले, बेस्ट फाइनान्स कम्पनीको ९.८८ प्रतिशतले, सिभिल बैंकको ९.८७ प्रतिशतले, निफ्राको ९.८६ प्रतिशतले सेयर मूल्य बढेको छ।

आज धेरै गुमाउने कम्पनीले ४.९१ प्रतिशतसम्म गुमाएको नेप्सेले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad