खेल


प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता फागुन तेस्रो साता

प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता फागुन तेस्रो साता

नेपालखबर
फागुन ४, २०७७ मंगलबार १४:९,

प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको सातौ संस्करण आगामी तेस्रो साता हुने भएको छ।

जिल्ला भलिबल संघ बाँकेले मंगलबार पत्रकार सम्मेलनमार्फत महिला भलिबल प्रतियोगिता फागुन २१ गतेदेखि २५ गते सम्म नेपालगञ्ज रंगशालाको कभर्ड हलमा हुने जानकारी दिएको हो।

मुल आयोजक समितिकी संयोजक एवं लुम्बिनी प्रदेश सांसद कृष्णा केसीले यो संस्करणको प्रतियोगितामा पुरस्कार राशीमा पनि बृद्धि गरिने जानकारी दिइन्।

छैटौं संस्करणको विजेताले २ लाख रुपैयाँ प्राप्त गरेको थियो। यो संस्करणको पुरस्कार रकम भने पछि घोषणा गरिने छ।

जिल्ला संघका अध्यक्ष टीएस ठकुरीले दक्षिण एसियाकै नम्बर एक क्लव च्याम्पियनसिपका रुपमा प्रधानमन्त्री कपलाई स्थापित गराउने लक्ष्य रहेको बताए।

बाँकेका आठवटै पालिकाका उपप्रमुखहरुको ऐक्यबद्धता रहेको प्रतियोगिताको सहसंयोजक नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरलाई चयन गरिएको छ।

प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लव, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे इण्डिया, पाँचौमा एपीएफ र छैठौंमा पुलिस विजेता भएका थिए।

विगतमा जसरी यसपाली पनि भारत र बंगलादेशका क्लवलाई प्रतियोगितामा सहभागी गराउने तयारी भइरहेको जिल्ला संघले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad