ad ad

खेल


आईपीएलको अक्सनमा नेपालका सन्दीप मात्रै, ४० लाख न्यूनतम मूल्य

आईपीएलको अक्सनमा नेपालका सन्दीप मात्रै, ४० लाख न्यूनतम मूल्य

नेपालखबर
माघ ३०, २०७७ शुक्रबार ९:३४,

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ को अक्सनमा आफ्नो न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ राखेका छन्।

आईपीएलले आगामी फेब्रुअरी १८ मा हुने अक्सनमा सहभागी खेलाडीको न्यूनतम मूल्यसूची सार्वजनिक गरेको छ। जसमा जसमा सन्दीपको मूल्य न्युनतम ४० लाख भारतीय रुपैयाँ रहेको छ।

आईपीएल अक्सनमा अक्सनमा कुल २ सय ९२ खेलाडीमाथि बोलकबोल हुनेछ। अक्सनको सुरुवातमा कुल १ हजार ९७ खेलाडीले नाम दर्ता गराएका थिए।

१६४ भारतीय, १२५ जना विदेशी, ३ खेलाडी एसोसिएट राष्ट्रका गरी कुल २९२ जना अक्सनमा पर्न सफल भएका हुन्।

त्यसमा नेपालका ८ खेलाडीले नाम दर्ता गराएका थिए। आईपीएलको अन्तिम सूचीमा सन्दीपबाहेक अन्य सात जना नेपाली खेलाडी अन्तिम अक्सन लिष्टबाट हटाइएका छन्।

नेपालबाट नाम दर्ता गराएका दीपेन्द्रसिंह ऐरी, विकेटकिपर विनोद भण्डारी, अलराउन्डर करण केसी, सोमपाल कामी, कुशल मल्ल, ब्याट्सम्यान शरद भेषावकर र अभिनास बोहराको नाम अक्सन लिस्टमा भने अटाएको छैन।

आईपीएल अक्सनमा एसोसिएट राष्ट्रबाट सन्दीपसँगै संयुक्त राज्य अमेरिकाका अलि खान र संयुक्त अरब इमिरेन्ट्सका कार्तिक मेपान मात्र छन्।

यसअघिका तीन संस्करण सन्दीपले दिल्ली क्यापिटल्सबाट खेलेका थिए। सन्दीपलाई सन् २०१८ मा दिल्लीले ३२ लाख भारतिय रुपैयाँमा अनुबन्ध गरेको थियो। सुरुवाती २ सिजनमा सन्दीपलाई मौका दिएको दिल्लीले गत संस्करण पूरै समय बेन्चमा राखेको थियो।

३ वर्षे सम्झौता सकिएसँगै दिल्लीले सन्दीपलाई फुकुवा गरेको छ। सन्दीपले तीन सिजनमा ९ खेलमा १३ विकेट लिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .