खेल


बायर्नले जित्यो फिफा विश्वकप उपाधि

बायर्नले जित्यो फिफा विश्वकप उपाधि

नेपालखबर
माघ ३०, २०७७ शुक्रबार ५:४३,

फिफा क्लब विश्वकपको उपाधि जर्मन क्लब बायर्न म्युनिखले जितेको छ।

बिहीबार राति भएको फाइनलमा बार्यनले मेक्सिकोको टिग्रेसलाई १–० ले पराजित गर्दै सिजनको छैटौं उपाधि हात पारेको हो।

कतारमा भएको फाइनल खेलको ५९औं मिनेटमा बेन्जामिन पाभार्डले निर्णायक गोल गरेका हुन्। रोबर्ट लेवान्डोस्कीको पासमा उनले गोल गरेका हुन्।

लेवान्डोस्की अफसाइड रहेको भन्दै सुरुमा गोल अस्वीकार गरिए पनि भिडिओ असिस्टेन्ट रेफ्रीको सहायतामा पछि मान्य भएको हो।

त्यसअघि जोशुवा किम्मिखको गोल भने भीएआरबाट रद्द भएको थियो।

गत सिजन जर्मन बुन्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिग जितेको बायर्नले त्यसपछि थप तीन उपाधि जितेको छ। यूईएफए सुपर कप र जर्मन सुपर कपपछि क्लब विश्वकप उपाधि जितेको बायर्न ६ ट्रफी जित्ने दोस्रो टोली बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad