राजनीति


हाम्रा प्रधानमन्त्री मोदी कायर, चीनसामु घुँडा टेके : राहुल गान्धी (भिडिओ)

हाम्रा प्रधानमन्त्री मोदी कायर, चीनसामु घुँडा टेके : राहुल गान्धी (भिडिओ)

नेपालखबर
माघ ३०, २०७७ शुक्रबार ५:२०,

भारतको कांग्रेसका नेता राहुल गान्धीले आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदी डराएर चीनसँग झुकेको टिप्पणी गरेका छन्।

सीमा क्षेत्र पूर्वी लद्दाखका विषयमा दुई देशबीच भएको सम्भौताका सन्दर्भमा नेता राहुलले शुक्रबार मोदीविरुद्ध कटाक्ष गरेका हुन्।

कांग्रेस नेता राहुलले भने, ‘प्रधानमन्त्री (मोदी) कायर छन्, यसकारण चीनका सामु डटेर उभिन सकेनन्।’ 

बिहीबार रक्षामन्त्री राजनाथ सिंहले राज्यसभा र लोकसभामा चीनसँग सिमानामा जारी विवादका विषयमा सहमति भएको बताएका थिए।

उनले भनेका थिए, ‘मलाई सदनमा यो कुरा सुनाउन पाउँदा मलाई एकदमै खुसी लागिरहेको छ कि हाम्रो दृढ अठोट र परिपक्व वार्ताको परिणाम चीनसँग प्याङगोङ तालको उत्तर र दक्षिणी तटबाट सेना पछि हट्ने सम्झौता भएको छ।’

यस विषयमा राहुल गान्धीले भने, ‘पहिलो कुरा के हो भने भारत सरकारको काम सिमानामा अप्रिलअघिक जुन स्थिति थियो, त्यसलाई पुनःस्थापित गर्नु। अब भारतीय सेनालाई फिंगर ४ आउने कुरा गरिँदैछ, जबकि फिंगर ३ भारतको क्षेत्र हो। पहिलो प्रश्न के हो भने प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दुस्तानको पवित्र भूमि चीनलाई सुम्पिए।’

उनले अगाडि भने, ‘चीनसामु नरेन्द्र मोदी झुके। हाम्रो जमिन फिंगर ४ सम्म हो तर प्रधानमन्त्री मोदीले फिंगर ४ देखि ३ सम्मको जमिन चीनलाई दिए।’

राहुल गान्धी बोलिरहेको भिडिओ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad