बुधबार राति कोपा डल रेको सेमिफाइनलको पहिलो लेगमा बार्सा सेभियासँग २–० गोलले पराजित भएको हो।
सेभियाको जितका लागि जुलेस कुन्डेले खेलको २५ औं मिनेटमा सुरुवाती गोल गर्दा खेलको ८५ औं मिनेटमा इभान राकिटिकले दोस्रो गोल थपेका थिए।
बार्साले भने कुनै गोल गर्न सकेन। सेभियाका लागि दोस्रो गोल गर्ने राकिटिक बार्साकै पूर्व खेलाडी हुन्।
उनले बार्सा गत सिजन अघि छाडेका थिए। त्यसबेला उनले आफ्नो सम्बन्ध मेस्सी र स्वारेजसँग त्यति राम्रो नभएको बताएका थिए।

प्रतिक्रिया