विश्वकै चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) मा नेपालका सन्दीप लामिछानेसहित आठ खेलाडी अक्सनमा दर्ता भएका छन्।
यसरी अक्सनको दर्तामा परेका नेपाली खेलाडीहरु सन्दीप लामिछाने, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, शरद भेषावकर, कुशल मल्ल, अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरी हुन्।
यहि सूचिमध्येबाट आईपीएलका टोलीले खेलाडीहरुलाई अनुबन्ध गर्छन्।
लामिछाने विगत तीनवर्षदेखि आईपीएलमा खेल्दै आएका थिए। उनी आईपीएल खेल्ने पहिलो नेपाली क्रिकेटर हुन्।
दिल्ली क्यापिटल्सबाट खेल्दै आएका सन्दीप तीन वर्षको सम्झौता पुरा भएपछि सो क्लबबाट रिलिज भएका थिए।
नेपालसहित अक्सनका लागि १ हजार ९७ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका छन्। यसमा ८ सय १४ भारतीय र २ सय ८३ विदेशी खेलाडी छन्।
एसोसिएट राष्ट्रका २७ खेलाडीले आईपीएल अक्सनका लागि नाम दर्ता गराएका छन्।
अक्सनमा नेपालसँगै नेदरल्यान्ड, स्कटल्यान्ड, युएई, अमेरिका एसोसियट राष्ट्रका खेलाडी छन्।
आईपीएल अक्सनमा ६१ खेलाडी बिक्ने छन्। एउटा टोलीमा १८ देखि २५ खेलाडी राख्न पाइन्छ। आगामी सस्करणको आइपीएलका लागि कुन कुन खेलाडीले नाम दर्ता गराएका छन् त्यो बारे भने केही खुलाइएको छैन।
आगामी संस्करणको लागि दिल्लीले सन्दीप लामिछानेलाई फुकुवा गरेको छ। सन्दीपले तिन सिजनमा ९ खेलमा १३ विकेट लिएका थिए। गत सिजन भने उनले पूरै समय बेन्चमा बिताएका थिए।
यसमा ८ भन्दा बढी विदेशी खेलाडी भने राख्न पाइदैन। आईपीएल खेलाडी दर्ता फेब्रुअरी ४ सम्म रहेको थियो। अक्सन आगामी १८ फेब्रुअरीमा चेन्नईम हुनेछ।
अक्सनका लागि वेष्ट इण्डिजबाट सबैभन्दा धेरै ५६ खेलाडीले नाम दर्ता गराएका छन्। अष्ट्रेलियाबाट ४२, श्रीलङकाबट ३१, अफगानिस्तानबाट ३०, न्युजिल्याण्डबाट २९, इंग्ल्याण्डबाट २१, युएईबाट ९, स्कटल्याण्डबाट ७, बगंलादेशबाट ५ खेलाडीले नाम दर्ता गराएका छन्।
यस्तै आयरल्याण्ड, जिम्बाबे र युएसएबाट समान २ जना र नेदल्याण्डबाट १ जना खेलाडीले नाम दर्ता गराएका छन्।

प्रतिक्रिया