राजनीति


प्रधानमन्त्री ओलीविरुद्ध रामकुमारी झाँक्रीको कटाक्षः सेटिङको धाक पनि सकिएछ क्यार विचरा !

प्रधानमन्त्री ओलीविरुद्ध रामकुमारी झाँक्रीको कटाक्षः सेटिङको धाक पनि सकिएछ क्यार विचरा !

नेपालखबर
माघ २३, २०७७ शुक्रबार १४:१८,

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाकी नेतृ रामकुमारी झाँक्रीले आज शुक्रबार काठमाडौंमा आयोजित आफ्नो समूहको सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको भाषणविरुद्ध कटाक्ष गरेकी छन्।

प्रधानमन्त्री ओलीले जनताभन्दा ठूलो न्यायालय हुँदैन भनेर बोलेको भन्दै नेतृ झाँक्रीले ‘अबदेखि सेटिङको धाक पनि सकिएको’ व्यंग्य गरेकी हुन्।

‘श्रीमान् ! जनताभन्दा ठूलो न्यायालय हुँदैन रेन्त,’ शुक्रबार साँझ झाँक्रीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘सेटिङको धाक पनि सकिएछ क्यार विचरा !’

उनले अगाडि लेखेकी छन्, ‘आमसभा हेर्न गएको हामी, कोण सभा पो रहेछ भन्छन् त भाइबहिनीहरू।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad