नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई एडिडासले प्रायोजन गरेको छ।
जर्मनीमा मुख्य कार्यलय रहेको एडिडास युरोपको सबैभन्दा ठूलो खेलकुद सामग्री निर्माता कम्पनी हो।
एडिडासले विश्व प्रसिद्ध खेलकुदसँगै अन्य विभिन्न सामग्रीहरु उत्पादन गर्दै आएको छ।
हाल युएईमा जारी टि–१० लिगमा टिम आबुधाबीको मेन्टरको भूमिकामा रहेका पारसलाई एडिडासले युएईमा प्रायोजन गरेको हो।
पूर्वकप्तान पारसले अब एडिडासले उत्पादन गरेका सामग्रीहरु प्रयोग गर्नेछन्। एडिडास र पारसबीच एक वर्षको लागि प्रायोजन सम्झौता भएको छ।

प्रतिक्रिया