आफ्नी श्रीमती पेरिस गर्भवती भएको जानकारी दिँदै फ्युरीले आफू छैठौं सन्तानको पिता बन्न लागेको बताएका हुन्।
यसअघि सन् २०१९ मा मात्र उनको छोरा जन्मिएको थियो। हाल फ्युरी ३ छोरा र २ छोरीका पिता हुन्।
उनको छोराहरुको नाम प्रिन्स जोन जेम्स, प्रिन्स टाइसन फ्युरी र प्रिन्स एडोनिस अमाजिया हो भने छोरीहरुको नाम भ्यालेन्सिया र भेनेजुएला हो।
टाइसन फ्युरीले यसैवर्ष अर्का चर्चित हेभिवेट बक्सर एन्थोनी जोसुवासँग प्रतिस्पर्धा गर्नेछन्।
यसअघि गतवर्षको फेब्रुअरीमा टाइसन फ्युरीले अर्का स्टार बक्सर डियोनटे वाइल्डरलाई नकआउट गर्दै पराजित गरेका थिए। द सन
प्रतिक्रिया