नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ सम्मिलित राउण्ड ग्लास पञ्जाब फुटबल क्लवले भारतीय लिगमा सुदेभा देल्ली फुटबल क्लवसँग बराबरी गर्दै अंक बाँडेको छ।
कोलकाताको विवेकानन्द युवा भारती कृरंगन मैदानमा शुक्रबार भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।
खेलको प्लेयर अफ द म्याच किरण चेम्जोङ बने। उनले भारु २५ हजार पाएका छन्। पञ्जाबले अर्को खेल फेब्रुअरी ४ मा टिड्डीम रोड एथलेटिक युनियनसँग सोही मैदानमा खेल्नेछ।
पञ्जाबले ५ खेलमा १ मा जित दुई खेलमा हार र दुई खेलमा हार भोग्दै ५ अंकमा तालिकाको आठौं स्थानमा छ। समान खेलबाट सुदेभा दिल्ली सातौं स्थानमा छ।
एक खेल कम खेलेको चर्चित ब्रर्दस एफसी गोवा १० अंकमा शीर्ष स्थानमा छ।

प्रतिक्रिया