शुक्रबार साँझ दिल्लीस्थित इजरायली दूतावासनजिक विस्फोट भएको छ।
विस्फोटमा कोही घाइते भएको सूचना छैन तर चार/पाँचवटा गाडीमा क्षति पुगेको छ।
दिल्ली प्रहरीको स्पेसल सेलले घटनास्थलको जाँच गरिरहेको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ।
विस्फोट हुनासाथ बम डिस्पोजल टोली घटनास्थल पुगेको छ।
दिल्ली प्रहरीले भनेको छ- ‘इजरायल दूतावास नजिक कम तीव्रताको विस्फोट भएको छ। अहिले यसको कारण पत्ता लगाउने प्रयास भइरहेको छ। घटनास्थलमा सिसाका केही टुक्रा भेटिएका छन्। गुप्तचर विभाग एवं अपराध शाखाका अधिकारी पनि घटनास्थल पुगेका छन्। आसपासका क्षेत्र सिल गरिएको छ।’
भारत–इजरायल कूटनीतिक सम्बन्धको २९औं वर्ष
भारत र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको आज (शुक्रबार) २९ वर्ष पुगेको छ। यस अवसरमा इजरायली दूतावासले सामाजिक सञ्जालमा एउटा भिडिओ पोस्ट गरेको छ।
आजकै दिन सन् १९९२ मा दुई देशबीच कूटनीतिक सम्बन्ध सुरुवात गरिएको थियो। इजरायलका प्रधानमन्त्री नेतान्याहुसँग भारतीय प्रधानमन्त्रीको मित्रताको खुब चर्चा भएको थियो।
Today we celebrate 29 years of India-Israel diplomatic relations. 🇮🇳🤝🇮🇱
As we wish our #GrowingPartnership a Happy Birthday, let's take a look back at the key moments from last year which made our relationship stronger than ever🤝. pic.twitter.com/1qDc8MzgJv

प्रतिक्रिया