खेल


खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट : स्टार क्रिकेट एकेडेमी विजयी

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट : स्टार क्रिकेट एकेडेमी विजयी

प्रकाश न्यौपाने
माघ १६, २०७७ शुक्रबार ११:५०,

पूर्व राष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनको स्टार क्रिकेट एकेडेमी, पड्सरीको आयोजनामा भैरहवामा जारी तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार स्टार क्रिकेट एकेडेमीले साई ग्लोबल एकेडेमीलाई ६ विकेटले पराजित गरेको छ।

दोस्रो खेल भने पोखरा क्रिकेट एकेडेमी र ओषिस क्रिकेट एकेडेमीबीच बराबरीमा टुंगिएको छ। यी दुबै टिमले समान १०८ रन बनाए।

सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको साई ग्लोबलले निर्धारित १८ ओभरको खेलमा ७ विकेट गुमाई १११ रन बनायो। जसमा शैलेन्द्र यादवले ३५ र मानवेन्द्र सिंहले २५ रन बनाए। बलिङमा स्टारका राजन भुज र अलदीप कुँवरले समान २-२ विकेट लिए।

जवाफी ब्याटिङ गरेको स्टारले १७.४ ओभरमा ४ विकेटको क्षतिमा ११२ रन बनाउँदै लक्ष्य पूरा गर्यो। उसको जितमा सुरज यादवले ३९ र सागर कुँवरले २१ रनको बनाए। बलिङमा साई ग्लोबलका कम्रोन खाँनले १ विकेट लिए। स्टारका सुरज यादव म्यान अफ द म्याच घोषित भए।

यस्तो दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको पोखराले निर्धारित १८ ओभरमा ५ विकेट गुमाउँदै १०८ रन बनायो। जसमा प्रमिस अर्यालले ४०, राशन अर्यालले २४ र सोयल कुँवरले २३ रन बनाए। बलिङमा ओषिसका रोहित शर्मा र आकृष्ट सिंहले २-२ विकेट लिए।

जवाफी ब्याटिङ गरेको ओषिसले ७ विकेट क्षतिमा १०८ रनमै सीमित रह्यो। उसका लागि सम्राट भुसालले ३९ र आरम्भ तिमिल्सिनाले १७ रन बनाए। बलिङमा सिब्रिन श्रेष्ठले २ र रोशन अर्यालले १ विकेट लिए। म्यान अफ द म्याच रोशन अर्याल भए।

८ टीम सहभागी प्रतियोगितामा विजेता टिमले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ। उपविजेताले १० हजार र ट्रफी प्राप्त गर्ने छ भने बेष्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad