ad ad

खेल


राष्ट्रिय महिला लिग फुटबलमा दुई खेल हुँदै

राष्ट्रिय महिला लिग फुटबलमा दुई खेल हुँदै

नेपालखबर
माघ १५, २०७७ बिहिबार ५:२३,

राष्ट्रिय महिला लिगमा बिहीबार दुई खेल हुँदै छन्। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेसको मैदानमा हुने पहिलो खेलमा वालिङ नगरपालिका स्याङ्जा र चौदण्डीगढी नगरपािलका उदयपुर खेल्दै छन्।

बिहान साढे ११ बजे सुरु हुने खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछ। लिगमा अहिलेसम्म दुवै टोली जितविहीन छन्।

वालिङले दुई खेलमा बराबरी र १ मा हार भोग्दै अंकतालिकामा २ अंक जोडेको छ। चौदण्डीगढीले दुवै खेलमा हार भोग्दै अंक विहिन हुँदै तालिकाको पुछारमा छ।

आजै हुने दोस्रो खेलमा सशस्त्र प्रहरीको एपीएफ र नेपाल पुलिस क्लब भिड्नेछन्। खेल सोही मैदानमा दिउँसो साढे २ बजे हुनेछ।

पुलिस पहिलो जितको खोजीमा हुँदा लिगमा अपराजित रहेको एपीएफ सोही लयलाई निरन्तरता दिने योजनामा छ।

एपीएफले ३ खेलबाट ९ अंक जोड्दै शीर्ष स्थानमा छ। १ खेलमा हार र २ खेलमा बराबरी गरेको पुलिस क्लब ५ अंकमा तालिकाको दोस्रो स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .