मुख्य प्रशिक्षक योहान कालिनले मंगलबार कतार विश्वकपको एसिया दोस्रो चरण छनोटको तयारीका क्रममा दोस्रो चरणमा ३१ सदस्यीय टोली घोषणा गरेका हुन्।
गत असार पहिलो साताबाट नेपालले विश्वकप छनौटको तयारी सुरु गरेको थियो। पहिलो चरणबाट बाहिरिने खेलाडीहरुमा कमल श्रेष्ठ, नितिन थापा, सेसेहाङ आङ्देम्बे, अमित तामाङ र मिक्चेन तामाङ छन्।
घोषित ३१ सदस्यीय टोली:
गोलरक्षक : किरण कुमार लिम्बु, एलन न्यौपाने, विकेश कुथु, बिशाल श्रेष्ठ
डिफेन्डर : विराज महर्जन, सरोज दाहाल, रेजिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देभेन्द्र तामाङ, रवि सिलवाल, दिनेश राजबंशी, बिमल पाण्डे,
मिडफिल्डर : सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, बिशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, त्रिदेश गुरुङ, हेमन गुरुङ, हेमन्त थापा मगर, सुभाष गुरुङ
स्ट्राइकर : बिमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, अन्जन विष्ट, आशिष लामा
विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपे रहेका छन् ।
दोस्रो चरणको छनोट खेल आगामी भदौ १९ गतेदेखि शुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेल कुवेतसँग खेल्नेछ ।
नेपालले भदौ १९ गते कुवेतसँग घरेलु मैदानमा खेल्ने तय भएता पनि दशरथ रङ्गशालाको पुनःनिर्माण कार्य नसकिदा कुवेतमा नै गएर खेल्ने पक्का भएको छ। नेपालले कुवेतसँग होम एण्ड अवे दुवै खेल कुवेतमा नै खेल्नेछ।

प्रतिक्रिया