राजनीति


‘नागरिकता लिनेलाई कारबाही, दिनेलाई किन भएन?’

‘नागरिकता लिनेलाई कारबाही, दिनेलाई किन भएन?’

नेपालखबर
साउन २१, २०७६ मंगलबार ८:५८,

नेकपाका सांसद हृदयेश त्रिपाठीले नागरिकता ऐन विपरित नागरिकता प्रदान गर्ने अधिकारीलाई कारबाही गरेर त्यसको जानकारी सदनलाई गराउन माग गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको विशेष समयमा बोल्दै सांसद त्रिपाठीले हालै मन्त्रिपरिषद् बैठकले केही नागरिकता खारेज गर्ने निर्णय गरेको सन्र्दभमा उनले नागरिकता दिनेलाई पनि कारबाही गर्न माग गरेका हुन्। उनले ‘नागरिकता पाउनेलाई मात्रै कारबाही गर्ने तर नागरिकता दिनेमाथि कारबाही किन भएन?’ भनी प्रश्न गरे।

उनले नागरिकता ऐन अनुसार गलत नागरिकता प्रदान गर्ने माथि कारबाही भएको सुन्नमा नआएको भन्दै उनले ती अधिकारीलाई कारबाही गरेर सरकारले सदनलाई जानकारी गराउन माग गरे। उनले भने, ‘नागरिकता त खारेज गरियो सभामुख महोदय, जसले दिएका छन् तिनमाथि कारबाही भयो कि भएन? कति जनामाथि कारबाही भयो? ती आफै कहीँ बजारबाट किनेका नागरिकता होइन होला। आफैले निर्माण गरेको आफैले हस्ताक्षर गरेको होइन होला। प्रमाणपत्र दिने अधिकारीहरु माथि के–के कारबाही भयो त्यसको जानकारी सदनले पाउन पाए हामी अनुग्रृत हुन्थ्यौँ होला।’

कृषि मन्त्रालयको कलाकारिताले उखु किसानले रकम पाएनन्

उनले यस वर्ष पनि रासायनिक मलको अभावले कृषि क्षेत्र पुनः प्रभावित हुने देखिएको भन्दै वर्षेनी मल अभावको कर्मकाण्डी समस्या समाधान तर्फ सरकारको ध्यानाकर्षण गराए।

त्यसैगरी दुई तिन वर्षदेखि उखु किसानहरुले भुक्तानी नपाएको र सरकारले दिएको अनुदान पनि कृषि मन्त्रालयको बनाएको कार्यविधिमा रहेका अड्चनका कारण किसान समक्ष पुग्न नसकेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराए। उनले भने, ‘कार्यविधि मन्त्रिपरिषद्ले बनायो कृषि मन्त्रालयले त्यसमा थप कलाकारिता गरेको हुनाले त्यो पैसा सम्पुर्ण जान सकेको छैन।’

सरकारले उखु किसानलाई प्रति किलो ६५ रुपैयाँ २८ पैसा अनुदान दिने घोषणा गरेको थियो। तर कार्यविधिमा रहेको जटिलताका कारण सबै उखु किसानले पाउन सकेका छैनन्। सांसद त्रिपाठीले उखु किसानले उखुको भुक्तानी नपाएको तथा सरकारले प्रदान गरेको अनुदान प्राप्त गर्न नसकेकोको सन्र्दभमा पटक पटक सदनमा आवाज उठाउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad