ad ad

खेल


महिला लिगमा सावित्राले चार गोल गरेपछि विराटनगरविरुद्ध एपीएफको फराकिलो जित

महिला लिगमा सावित्राले चार गोल गरेपछि विराटनगरविरुद्ध एपीएफको फराकिलो जित

नेपालखबर
माघ ११, २०७७ आइतबार १०:५७,

सावित्रा भण्डारी एक्लैले ह्याट्रिकसहित ४ गोल गरेपछि सशस्त्र प्रहरीको एपीएफले राष्ट्रिय महिला लिगमा फरािकलो जित दर्ता गरेको छ।

आइतबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेसको मैदानमा भएको खेलमा एपीएफले विराटनगर नगरपालिकालाई ७–० को फराकिलो गोल अन्तरले पाखा लगाउँदै लगातार दोस्रो जित निकालेको हो। शतप्रतिशत नतिजा निकालेको एपीएफले अंकतालिकामा ६ अंक जोडेको छ।

खेलको प्लेयर अफ दि म्याच सरु लिम्बु बनिन्।

पहिलो हाफमा ४–० को अग्रता बनाएको एपीएफले दोस्रो हाफमा थप ३ गोल थप्यो।

सवित्राले खेलको २५,४२, ७४ र ८९ मिनेटमा गोल गरिन्। अनिता केसीले २ तथा सरु लिम्बुले एक् गोल गरिन्।

एपीएफले खेलको नवौ मिनेटमा अनिता केसीको गोलमा अग्रता बनाएको थियो।

२५औं मिनेटमा सावित्राले टोलीका लागि दोस्रो गोल गरिन्। ३८ औं मिनेटमा अञ्जली योञ्जनको प्रहार गोलरक्षकले बचाउ गरिन्। ४२ औं मिनेटमा सावित्राले व्यक्तीगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन्। उनले प्रिति राईको पासमा बललाई जाली चुमाएकी थिइन्।

७२औं मिनेटमा सरु लिम्बुले गोल गर्दै अग्रता फरकिलो पारिन्। त्यसको २ मिनेटपछि सावित्राले गोल गर्दै ह्याट्रिक पुरा गरिन्।

दोस्रो हाफको ३५ औं मिनेटमा अनिता केसीले व्यक्तीगत दोस्रो तथा टोलीका लागि छैटौं गोल गरिन्।

एपीएफले पहिलो खेलमा चन्द्रपुर नगरपालिका रौतहटलाई ६–० अन्तरले पाखा लगाएको थियो। विराटनगरले पहिलो खेल वालिङसँग एक एक गोलको बराबरी खेलेको थियो।

लिगमा भोलि सोमबार एक खेल मात्र हुनेछ। भोलि चौदन्डीगढी नगरपालिका, उदयपुर र चन्द्रपुर नगरपालिका रौतहट भिड्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .