ad ad

समाज


वैज्ञानिक भन्छन् : दक्षिण अफ्रिकामा देखिएको नयाँ कोरोना निकै खतरनाक, खाेपले पनि काम नगर्ने

वैज्ञानिक भन्छन् : दक्षिण अफ्रिकामा देखिएको नयाँ कोरोना निकै खतरनाक, खाेपले पनि काम नगर्ने

नेपालखबर
माघ ११, २०७७ आइतबार १०:५५,

विश्वका मानिस पहिलेदेखि नै कोराना संक्रमणबाट पीडित छन्। त्यसमाथि यो भाइरसले नयाँ–नयाँ रूप लिन थालेपछि अझ चिन्ता बढेको छ।

वैज्ञानिकका अनुसार कोरोनाको नयाँ प्रकारण मूल भाइरसभन्दा बढी संक्रामक छ। वैज्ञानिकले यसबारे लगातार अध्ययन/अनुसन्धान गरिरहेका छन् र पछिल्लो एक अध्ययनले नयाँ कारोना पुरोनोभन्दा बढी घातक देखिएको खबर पनि सार्वजनिक भइसकेको छ।

वास्तवमा कोरोनाका नयाँ स्वरूप (स्ट्रेन) सुरुमा बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा देखिएका हुन्। तर अहिले यो अन्य धेरै देशमा फैलिसकेको छ।

आखिर कोरोनाको यो नयाँ रूप कति घातक छ र यसबाट डराउन आवश्यक छ कि छैन? यस विषयमा यहाँ केही तथ्य प्रस्तुत गरिन्छ।

कोरोनाको नयाँ स्ट्रेन कति देशमा फैलिएको छ?
बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकार त्यहाँको धेरै स्थानमा त फैलिएको छ नै साथैै विश्वका ५० भन्दा बढी मुलुकमा यो पुगिसकेको छ। यस्तै दक्षिण अफ्रिकामा देखापरेको कोरोनाको नयाँ संस्करण बेलायतसहित विश्वका कम्तीमा २० देशमा फैलिसकेको छ। ब्राजिलमा देखिएको नयाँ कोरोनाबारे भने अहिलेसम्म खास जानकारी प्राप्त भइसकेको छैन।

कोरोनाको नयाँ प्रकार धेरै संक्रामक छ?
विशेषज्ञका अनुसार बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा देखापरेका कोरोनाको नयाँ स्ट्रेनमा स्पाइक प्रोटिनमा निकै परिवर्तन पाइएको छ। वास्तवमा यो भाइरसको त्यो अंश हो जुन मानिसको शरीरको कोषिकामा टाँसिइरहन्छ। यसैकारण कोरोनाको यो नयाँ प्रकार मानिसको कोषिकामा संक्रमित गर्ने र फैलिन ज्यादै सक्रिय भएको हो।

बेलायतमा देखिएको नयाँ कोरोना धेरै घातक छ?
बेलायतका प्रधानमन्त्री बोरिस जनसनले प्रारम्भिक प्रमाणहरूले बेलायतमा देखिएको कोरोनाको नयाँ रूप बढी घातक हुन सक्ने देखाएका छन् र यसबाट हुने मृत्यु दर पनि बढी हुने सम्भावना छ। बेलायतका मुख्य वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्यालेन्सले भनेका छन्, ‘देशमा कोरोनाका कारण हुने मृत्युको दर निकै चिन्ताजनक छ र तत्काल यो मत्थर हुने सम्भावना पनि देखिएको छैन।’

बेलायत, दक्षिण अफ्रिका वा ब्राजिल कहाँ देखिएको कोरोनाको नयाँ प्रकार बढी खतरनाक?
विशेषज्ञका अनुसार बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकार पुरानो भाइरसभन्दा ७० प्रतिशत बढी संक्रामक (फैलिने क्षमता) छ। तर बेलायतमा देखिएको नयाँ स्ट्रेनको तुलनामा दक्षिण अफ्रिकाको स्ट्रेनको स्पाइक प्रोटिनमा निकै गुणा बढी परिवर्तन भएको पाइएको छ।

यस्तै ब्राजिलमा देखिएको कोरोनाको नयाँ स्ट्रेनको स्पाइक प्रोटिनमा पनि तीन किसिमका ठूला परिवर्तन पाइएका छन्। जसका कारण पनि यो पनि दक्षिण अफ्रिकामै देखापरेको नयाँ स्ट्रेनजस्तो लागिरहेको छ।

हालै गरिएको एक अध्ययनले दक्षिण अफ्रिकी स्ट्रेनले एन्टिबडीलालई मात्र होइन, मानिसको प्रतिरक्षा प्रणालीलाई समेत धोका दिन सक्षम देखाएको छ। अर्थात् एकपटक संक्रमण निको भइसकेका व्यक्तिलाई पनि पुनः संक्रमण गर्न सक्छ।

हाल यसबारे अध्ययन जारी नै छ। तर विशेषज्ञका अनुसार प्रारम्भिक नतिजाले के देखाएको छ भने बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकारविरुद्ध त फाइजरको खोप नै काम गर्न सफल छ।

तर बेलायतका वैज्ञानिक के भन्छन् भने दक्षिण अफ्रिकामा देखिव्एको कोरोनाको नयाँ प्रकारविरुद्ध चाहिँ खोपले काम नगर्ने देखियो। न्युज एजेन्सी रोयटर्सका अनुसार यो कुरा बेलायत सरकारका एक वैज्ञानिक सल्लाहकारले भनेका हुन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .