सुदूरपश्चिम प्रदेशले सान्त्वना जित निकाल्दै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरपश्चिमले प्रदेश २ लाई ४ विकेटले पराजित गरेको हो।
प्रदेश २ ले दिएको १ सय ९६ रनको लक्ष्य सुदूरपश्चिमले ३३ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो।
सुदूरपश्चिमका लागि सञ्जु दमाईले ५७ रनको उत्कृष्ट पारी खेले। खडक बोहोराले ४३ र गजेन्द्र बोहोराले ३९ रन जोडे।
प्रदेश २ का कुमार थापाले ३ तथा हरिशंकर शाहले २ विकेट लिए। विवेक यादव र रवि शाहले एक एक विकेट झारे।
त्यसअघि सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको प्रदेश २ ले ४२ ओभरमा १ सय ९५ रन जोड्दा अलआउट भयो। हरि शंकर शाहले ६० रनको योगदान दिएपनि जितको हार टार्न भने सकेनन्। ७३ बलको सामना गरेका यादवले ९ चौका हाने। विवेक यादवले ४१ रनको योगदान दिए।
सुदूरपश्चिमका शेर मल्ल र नरेन्द्र साउदले तिन तिन विकेट लिए। अरुण ऐरिले २ विकेट लिए।

प्रतिक्रिया