ad ad

खेल


प्रधानमन्त्री कप क्रिकेटमा गण्डकीले दर्ता गर्‍यो पहिलो जित, प्रदेश १ दुई विकेटले पराजित

प्रधानमन्त्री कप क्रिकेटमा गण्डकीले दर्ता गर्‍यो पहिलो जित, प्रदेश १ दुई विकेटले पराजित

नेपालखबर
माघ ५, २०७७ सोमबार ८:३६,

विशाल पौडेल र अर्जुन कुमालको उत्कृष्ट प्रदर्शनमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।

पहिलो खेलमा त्रिभुवन आर्मीसँग पराजित भएको गण्डकीले दोस्रो खेलमा प्रदेश १ लाई २ विकेटले पराजित गरेको हो।

प्रदेश १ ले दिएको १ सय ३ रनको लक्ष्य गण्डकीले ३७ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो।

गण्डकीका अर्जुन कुमाल र दिपक डुम्रे समान ३५ रनमा पवेलियन फर्के। ६८ बलको सामना गरेका अर्जुनले ५ चौका मद्दतमा ३५ रन जोड्दा रन आउट भए। ९४ बलको सामना गरेका दिपकले ४ चौका हाने।

अन्य ६ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्।

प्रदेश १ का शुभांकर उराओ र मिनास थापाले २ तथा दिपेश कँडेल, हेमन्त राईले एक एक विकेट लिए।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १, २७ दशमलव ४ ओभरमा १ सय २ रन जोड्दा अलआउट भयो।

घातक बलिङ गरेका गण्डकी प्रदेशका विशाल पौडेलले ह्याट्रिकसहित ४ विकेट लिए। विशालले २७ ओभरको दोस्रो बलमा राजन मगर, तेस्रो बलमा मनोज तामाङ र चौथो बलमा हेमन्त राईलाई पवेलियनको बाटो देखाए। ७ ओभर बलिङ गरेका भण्डारीले १८ रन खर्चे। ६ ओभर ४ बल बलिङ गरेका सुवास पौडलले २५ रन खर्चेर ४ विकेट झारे। विपिन खत्रीले २ विकेट लिए।

प्रदेश १ का कप्तान सिद्धान्त लोहनीले जोडेको २४ रन नै सर्वाधिक रह्यो। अन्य ६ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्।

यो पनि:
भारतमा क्रिकेट सिकेर सोमपाल र सन्दीपको पदचाप पछ्याउँदै अर्जुन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .