खेल


बार्सिलोना खेल जीवनमै मेसीले पाए पहिलोपटक रातो कार्ड

बार्सिलोना खेल जीवनमै मेसीले पाए पहिलोपटक रातो कार्ड

नेपालखबर
माघ ५, २०७७ सोमबार ५:१५,

बार्सिलोनाका फुटबल कप्तान लियोनल मेसीले बार्सिलोनमा आबद्ध भएयता पहिलोपटक रेड कार्ड पाएका छन्।

आइतबार राति भएको स्पेनिस सुपर कपको फाइनलमा एथ्लेटिक क्लबविरुद्धको खेलमा उनले रातो कार्ड पाएका हुन्।

निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा टुंगिएपछि समय थप गरिएको खेलमा १२१औं मिनेटमा एथ्लेटिक क्लबका एसिर भिलालिब्रेलाई जानीजानी ‘फउल’ गरेपछि मेसीलाई रातो कार्ड देखाइएको हो।

रेफ्री जिसस गिलले सुरुमा फउल देखेका थिएनन् तर भीएआर टिमले पुनः हेर्न भनेपछि हेरिएको रिप्लेमा मेसीले जानीजानी एथ्लेटिकका भिलालिब्रेलाई हिर्काएको देखिएको हो।

योसँगै मेसीलाई दुई खेलमा प्रतिबन्ध लाग्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

फुटलब जीवनमै भने यो मेसीले पाएको यो रेड कार्ड तेस्रो हो। यसअघि उनले सन् २००५ को अगस्ट १५ मा अर्जेन्टिनाले हंगेरीलाई २ १ गोल अन्तरले हराउँदा र सन् २०१९ जुलाई ६ मा कोपा अमेरिका अन्तर्गत चिलीविरूद्धको खेलमा उनले रातो कार्ड पाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad