खेल


राष्ट्रिय महिला फुटबल लिग ७ गतेदेखि, विजेताले १५ लाख पाउने

राष्ट्रिय महिला फुटबल लिग ७ गतेदेखि, विजेताले १५ लाख पाउने

नेपालखबर
माघ २, २०७७ शुक्रबार ८:३७,

राष्ट्रिय महिला लिगको विजेताले १५ लाख रुपैयाँ पाउने भएका छन्।

आगामी ७ गतेबाट हुने महिला लिग फुटबलका उपविजेताले ८ लाख रुपैयाँ पाउने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

एन्फाले आज एक विज्ञप्ति जारी गर्दै प्रतियोगितामा तेस्रो हुने टोलीलाई ५ तथा चौथो टोलीलाई ३ लाख रुपैयाँ दिने जनाएको हो।

लिगको उद्घाटन र समापन त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुनेछ भने बाँकी खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ।

लिगमा चारवटा नगरपालिका र ३ विभागीय गरी सात टोलीले प्रतिस्पर्धा गर्नेछन्। लिगमा शसस्त्र प्रहरीको एपीएफ, नेपाल पुलिस क्लव र त्रिभुवन आर्मीसहित रौतहटको चन्द्रपुर, स्याङ्जाको वालिङ, मोरङको विराटनगर र उदयपुरको चौदण्डीगढी नगरपालिकाले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर र हरेक विधाका उत्कृष्ट खेलाडी ( स्टाइकर, मिल्डफिल्डर, डिफेन्डर, गोलकिपर) र प्रशिक्षकले जनही ५० हजार रुपैयाँ पाउनेछन्।

लिगका लागि टोलीलाई तयारी स्वरुप १ लाख र कोभिड रिलिफ फन्ड अनुरुप ५० हजार रुपैयाँ थप दिने एन्फाले जनाएको छ। प्रत्येक खेलको प्लेयर अफ दि म्याचले ५ हजार रुपैयाँ पाउनेछन्।

लिगका दौरान कुनै खेलाडी वा अफिसीयललाई कोभिड १९ को शंका लागेमा आइसोलेसनमा राख्ने एन्फाले जनाएको छ। लिगअघि हरेक खेलाडीको पीसीआर टेष्ट एन्फाले गर्नेछ। हरेक टिममा २३ खेलाडी र ७ अफिसियल गरी ३० सदस्य रहनेछन्।

महिला लिग राउण्ड रोविनको आधारमा सञ्चालन हुनेछ। पहिला क्षेत्रीय टोलीले प्रतिस्पर्धा गर्दै आएको लिगमा अहिले नगरपालिकाका टोलीलाई समावेश गरिएको हो। विभागीय टोलीले ४२ खेल खेल्दा अन्य टोलीले ९१ वटा खेल खेल्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad