खेल


प्रधानमन्त्री कप क्रिकेट छनौटमा रुपन्देही फाइनल प्रवेश

प्रधानमन्त्री कप क्रिकेट छनौटमा रुपन्देही फाइनल प्रवेश

प्रकाश न्यौपाने
पुस २९, २०७७ बुधबार ११:४३,

पाल्पालाई १५८ रनको भारी अन्तरले हराउँदै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता लुम्बिनी प्रदेश स्तरीय छनौट खेलमा रुपन्देही समूह ‘ए’बाट फाइनल पुगेको छ। रुपन्देहीले बिहीबार समूह ‘बी’ को विजेता बाँकेसँग प्रतिस्पर्धा गर्नेछ।

बुधबार भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ४० ओभरको खेलमा ४ विकेटको क्षतिमा २५४ रन बनायो। उसका लागि शौरभ खनालले ८४, प्रकाश केसीले नटआउट ७४, कृष्ण कार्की नटआउट ३३ र संदीप रजालीले २२ रनको योगदान गरे। बलिङमा पाल्पाका शिव शर्माले २, नरेश कुमार सार्की र सुरेश गोदारले १÷१ विकेट लिए।

जवाफी ब्याटिङ गरेको पाल्पाले ३६.१ ओभरमा सबै विकेट गुमाएर जम्मा ९६ रन मात्रै बनायो। उसका लागि रुपेश बश्याल (ए)ले ४१, रुपेश बश्याल (बी)ले १५ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। उसलाई सस्तैमा समेट्न बलिङमा रुपन्देहीका नितेष थापा र अनिल खरेल ३÷३ तथा धनबहादुर साहीले २ विकेट लिए। रुपन्देहीका शौरभ खनाल म्यान अफ द म्याच भई पुरस्कृत भए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad