वार्सटाईनर गल्फ प्रतियोगिता–२०२१ आजदेखि सुरु भएको छ।
नेपाल रोयल गल्फ क्लबमा आजदेखि सुरु भएको गल्फ प्रतियोगितामा ९० एम्युचियर गल्फरहरुले भाग लिइरहेका छन्।
यो प्रतियोगिता ३÷४ स्टेबलफोर्ड फर्म्याटमा जनवरी ८ र ९ मा हुने आयोजकले जानकारी दिएका छन्।
प्रतियोगिताको विजेताले वार्सटाईनर ट्रफी र आकर्षक टुर प्याकेज पुरस्कारको व्यवस्था गरिएको छ।
त्यस्तै अन्य क्याटागोरीका विजेताले आकर्षक ट्रफी र पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन्।
नेपालमा वार्सटाईनर प्रिमियम जर्मन बियरको सुरुवात भएको वर्ष २०१६ देखि नै रोयल नेपाल गल्फ क्लबसँग नेपालमा गल्फ खेलको विकासका लागि यस विश्वकै प्रख्यात बियरको सहकार्य रहँदै आएको छ।
3
Shares
प्रतिक्रिया