खेल


प्रथम समृद्धि गोरिल्लाज बास्केटबल प्रतियोगिता सम्पन्न

प्रथम समृद्धि गोरिल्लाज बास्केटबल प्रतियोगिता सम्पन्न

नेपालखबर
पुस २४, २०७७ शुक्रबार ६:५५,

समृद्धि स्कुलद्वारा आयोजित प्रथम समृद्धि गोरिल्लाज ३x३ बास्केटबल प्रतियोगिता स्कुलको बास्केटबल मैदान बालाजुमा सम्पन्न भएको छ।

दुई दिन चलेको उक्त प्रतियोगितामा ब्वाइजतर्फ २४ र गर्ल्स १२ गरी जम्मा ३६ वटा टिमहरूले भाग लिएको थियो।

बजाज पल्सर पिपुल्स च्वाइस एवार्डमा मनोनीत हुन सफल नेपालको राष्ट्रिय महिला बास्केटबल टिम क्याप्टेन तथा समृद्धि स्कुल/कलेजको समृद्धि गोरिल्लाज बास्केटबल टिमको पनि क्याप्टेन सदिना श्रेष्ठलाई सहयोग गर्न तथा कोरोना महामारीको दौरानमा पनि युवाहरू स्वस्थ र सकारात्मक रहनुपर्छ भन्ने सन्देश दिने उद्देश्यले यो प्रतियोगीता आयोजना गरिएको हो।

यस प्रतियोगिताको ब्वाइजमा बीएमके ‘सी’ टिम प्रथम भयो भने उपविजेतामा पनि बीएमकेकै ‘बी’ टिम रहेको थियो।

यस्तै गल्र्समा आयोजक समृद्धि स्कुलको टिम प्रथम भएको थियो भने टिम सबिनाले दोस्रो स्थान हात पार्न सफल भएको थियो।

प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयरको उपाधि ब्वाइजतर्पm बीएमके ‘सी’ टिमका सोनम प्रयाग शेर्पा तथा गल्र्सतर्फ समृद्धि स्कुलका प्रेडिका महर्जनले जिते। फाइनल खेलपश्चात् विजयी टोलिका खेलाडीहरूलाई समृद्धि स्कुलका सीईओ तथा प्रिन्सिपल नरेश प्रसाद श्रेष्ठ, नेपालको राष्ट्रिय महिला बास्केटबल टिम क्याप्टेन सदिना श्रेष्ठ लगायत अन्य निर्देशकहरूले पनि मेडल, ट्र««फी र प्रमाणपत्र वितरण गरेका थिए।

प्रतियोगिताको सम्पूर्ण संयोजन तथा व्यवस्थापन समृद्धि गोरिल्लाज (सिनियर टिम)ले गरेको थियो।

समृद्धि स्कुल, त्यहाँका प्रिन्सीपल तथा निर्देशकहरू, समृद्धि गोरिल्लाज महिला बास्केटबल टिमका खेलाडीहरू तथा यस प्रतियोगीताबाट उठेको रकम समेत गरी दुई लाख नगद उक्त अवसरमा क्याप्टेन सदिना श्रेष्ठलाई सहयोग स्वरूप प्रदान गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad