ad ad

खेल


स्वारेज अगाडि नै बार्सा छाड्न चाहन्थे, अब क्लबका लागि उपाधि जित्न चाहन्छुः मेस्सी

स्वारेज अगाडि नै बार्सा छाड्न चाहन्थे, अब क्लबका लागि उपाधि जित्न चाहन्छुः मेस्सी

नेपालखबर
पुस १३, २०७७ सोमबार ७:४९,

बार्साले स्वारेजलाई एथ्लेटिको मड्रिडमा बेचेको थियो। मेस्सीले त्यसबेला स्वारेजलाई क्लबले बेचेकोमा असन्तुष्टि व्यक्त गरेका थिए।

तर मेस्सीले लुइस स्वारेजले क्लब छाड्न अगाडि नै आफूलाई बार्सा छाड्ने इच्छा भएको बताएका छन्।

यस सिजन सुरुवात हुनुभन्दा अगाडिदेखि नै मेस्सीले बार्सा छाड्ने विषयमा क्लबसँग कुरा गरेका थिए। कोरोना प्रकोपका कारण मेस्सीले क्लब छाड्ने अवधिभन्दा पछाडि मात्र क्बल छाड्ने बताएपछि मेस्सीले फ्रि–ट्रान्सफरमा क्लब छाड्न पाएनन्।

७०० मिलियन युरो रिलिज क्लज भएका कारण मेस्सीलाई अनुबन्ध गर्न कुनै क्लबले आँट गरेन। मेस्सीलाई यतिबेला आगामी सिजन पीएसजी र म्यानचेस्टर सिटीले खरिद गर्न चासो देखाएको छ।

तर यतिबेला मेस्सीले बार्सिलोना छाड्ने या नछाड्ने विषयमा कुरै गर्न चाहेनन्।

उनले आफूलाई अहिले क्लब छाड्ने विषयमा भन्दा पनि क्लबलाई उपाधि कसरी दिलाउने भन्ने चिन्ता भएको बताएका छन्। मेस्सीले उपाधिहरु जित्ने विषयमा आफ्नो ध्यान केन्द्रित भएको स्पेनिस टेलिभिजन ला सेक्स्टासँग बताएका हुन्।

उने टेलिभिजनसँग क्बल यतिबेला धेरै खराब अवस्थामा भएको र क्लब फेरि पुरानै लयमा फर्कन समय लाग्ने पनि बताए। यसअघि क्लब छाड्ने इच्छा व्यक्त गर्दा क्लबका प्रमुखले आफूलाई खलपात्रको रुपमा हेरको मेस्सीको भनाइ छ। मार्का

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .