अखिल नेपाल फुटबल संघ (एन्फा)ले तीनवटा प्रदेशमा मध्यजनवरी अर्थात् माघदेखि प्रदेश लिग फुटबल प्रतियोगिता गर्ने भएको छ।
प्रदेश लिग प्रदेशन नम्बर २, वाग्मती र सुदूरपश्चिममा माघदेखि सुरु गर्नलागेको एन्फाले जनाएको छ।
सम्बन्धित प्रदेशका प्रादेशिक फुटबल प्रतिनिधिसँग बिहीबार एन्फाले यसबारे छलफल समेत गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दुवै पक्ष प्रदेश लिग सञ्चालनका लागि सहमत भएका छन्।
उक्त छलफलपछि यी प्रदेशहरुले यही हप्ता लिगको विस्तृत प्रस्ताव एन्फासमक्ष पेस गर्नेछन्।
एन्फा उपाध्यक्ष वीरबहादुर खड्का, महासचिव इन्द्रमान तुलाधर, प्रतिस्पर्धा निर्देशक सञ्जीव मिश्र र प्रदेश २, वाग्मती र सुदूरपश्चिम प्रदेशका प्रतिनिधि छलफलमा सहभागी भएका थिए।
3
Shares
प्रतिक्रिया