दाङमा हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि प्रदेश २ ले १४ सदस्यीय टोलीको घोषणा गरेको छ।
प्रदेश २ ले सरस्वती चौधरीको कप्तानीमा टोली घोषणा गरेको हो।
टोलीमा कप्तान सरस्वतीसँगै उपकप्तान शोभा आले, उर्मिला चौधरी, सन्तोषी चौधरी, आरती चौधरी, कविता गौतम, अनुराधा चौधरी, विमला मगर, रोजी कदारी, गोमा आले, मेलिना राय माझी, सना प्रविन, नितु चौधरी, चान्दनी अधिकारी छन्। वैकल्पिक खेलाडीमा दुर्गा कार्की, मन्सी चौहान, प्रतिमा शाह र रचना अर्याल रहेका छन्।
समूह एमा रहेको प्रदेश २ ले लुम्बिनी प्रदेशसँग खेल्दै पीएम कपको सुरुवात गर्नेछ। दोस्रो दिन विभागीय एपिएफसँग खेल्ने तालिका छ।
समूह एमा एपीएफ, प्रदेश २, कर्णाली र लुम्बिनी प्रदेश तथा समुह बी मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश १ रहेका छन्। समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।
प्रतिक्रिया